साथी : "ओए , यो लिन्क पठाएको छु , खोलेर एप डाउनलोड गर त , हरेक दिन एकचोटी एप खोल १०० डलर दिन्छ !"
म : "तलाई कति दियो , अलिकती पैसा चाहिएको थियो मलाई दिई राख न त अनि रजिस्टर गरौला ।"
साथी : "पछि दिन्छ रे ! "
म : "कहिले पछि मरेपछी ?"
मेरै स्नातक तह पर्ढै गरेको एउटा साथिसंगको संवादको अंश हो यो , पढाइ तह किन जोडियो भन्ने प्रश्न उठ्न सक्छ , कुरा पढाइ तहको हैन , कुरा हो डिजिटल साक्षरता ।
एउटा पढेलेखेको हरेक दिन को १२ घन्टा सामाजिक सञ्जाल चलाउने मानिसको यो हालत छ भने अरु भर्खरै सामाजिक सञ्जालमा जसोतसो जोडिन खोज्ने व्यक्तिहरुको हालत के होला ?
साथी को कुरा किन गर्यो भन्नुहोला ?
साथी त एक प्रतिनिधि पात्र मात्र हो , सामाजिक सञ्जालमा दिनहुँ यस्ता धेरै स्क्याम हरु हुने गर्छन जस्ले गर्दा धेरै मानिसहरु यसको फन्दामा पर्ने गर्छन । नेपालमा २०२३ को डाटा अनुसार १२.६० मिलियन मानिसहरुले सामाजिक सञ्जालको प्रगोग गर्ने गर्छन , जसमध्ये करिब १५ प्रतिशत व्यक्तिहरुमात्र डिजिटल साक्षर छन ।
के हो त डिजिटल साक्षरता ?
डिजिटल साक्षरता भन्नाले कुनै एक व्यक्तिले विभिन्न डिजिटल कार्यस्थलमा त्यसको प्रयोग गरि आफ्नो आवश्यक्ता पुरा गर्ने सक्ने क्षमता भन्ने बुझाउँछ। प्रविधिको प्रयोगबाट (विशेष गरि कम्प्युटर वा मोबाइल बाट) तस्विरहरू, भिडियो, टाइपिङ, अडियो आदि प्रविधिक जानकारीहरूलाई प्रसोधन गरेर उत्पादन गर्न सक्ने खुबी भन्ने बुझिन्छ। अमेरिकी पुस्तकालय सङ्घले डिजिटल साक्षरतालाई 'सूचना र सञ्चार प्रविधिको प्रयोग गरि सञ्चार गर्ने, सृजना गर्ने, मूल्याङ्कन दुवै संज्ञानात्मक र प्राविधिक सीपहरूको प्रयोग गर्ने क्षमतालाई बुझाउँछ।' भनेर परिभाषित गरेको छ। हुन त डिजिटल साक्षरताले सुरुमा डिजिटल कौशल कम्प्युटरको प्रयोगमा ध्यान केन्द्रित गरेको थियो तर इन्टरनेटको आगमन र सामाजिक सञ्जालको प्रयोगले मोबाइल उपकरणहरूको ज्ञान पनि उतिकै महत्वपूर्ण बनाइदिएको छ।डिजिटल साक्षरता परम्परागत साक्षरता जस्तो हैन, यसले परम्परागत साक्षरतालाई निकै पछाडि छोडेको छ। डिजिटल साक्षरतालाई ज्ञानको मार्गको एक भाग मान्नुपर्छ।
सामान्य भाषामा भन्नू पर्दा सामाजिक सञ्जाल वा इन्टरनेटको प्रयोग गर्दा गर्न हुने वा गर्न नहुने कार्यहरु छुट्याउन सक्नु , सामाजिक सञ्जालमा देखिएका सामाग्री हरु कती गलत वा कति सहि छन छुट्याउन सक्नु डिजिटल साक्षरता हो ।
डिजिटल साक्षर नभए के हुन्छ ?
- डिजिटल साक्षर नभएमा हामी सामाजिक सञ्जालमा हुने विभिन्न खराब कार्यहरुको , अपराध हरुको मतियार बन्न सक्छौ ।
- सहि र गलत छुट्याउन नसक्ने हुदा हरेक हल्ला अफबाहलाई पनि सहि रुपमा नै लिन बाध्य हुन्छौ ।
- डिजिटल रुपमा साक्षर नहुदा हामीलाई सामाजिक सञ्जालको प्रयोग गर्दै अरुले हाम्रो मान प्रतिष्ठा र धन , जन सम्म लुट्न सक्छन ।
- डिजिटल साक्षर नहुदा दैनिक रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न समेत असर पर्छ ।
उसोभए के गर्ने त ?
हामीले सामाजिक सञ्जालमा देख्ने हरेक कुरा सत्य हुदैनन , त्यस्ता बस्तुहरुलाई छानी छानी ग्रहण गर्न सक्ने क्षमता हामीले बनाउनु पर्ने हुन्छ । हामीले सामाजिक सञ्जालमा कुनै कार्य गर्नु अघि सोचेर निर्णय लिनु पर्ने हुन्छ । कुनै घटना वा समचारको सत्य, तथ्य खोजेर मात्र त्यसको सेयर गर्ने बानिको बिकास गर्नु पर्छ , आफुले सामाजिक सञ्जाल प्रयोग गर्दै गर्दा अरुलाई केही असर परेको छ छैन समेत बिचार गर्नु पर्छ ।
माथिको घटना संग यसको के सम्बन्ध छ ?
एउटा कुरा बिचार गर्नुस त , केही काम नगरी पैसा कमाउन सम्भव छ?
तपाइलाई कुनै अनलाईन साइट, व्यक्ति वा जोसुकैले पनि केही नगरी वा मात्र सानो काम गरेर ठूलो रकम भुक्तानी गर्छु भन्छ भने त्यो सत्य होला त ? यति कुरा चै के ढुक्क हुनुहोस भने तपाइले केही काम नगरी ठूलो रकम भुक्तानी पाउन कुनै हालतमा सम्भव छैन , त्यसैले तपाईलाई कि त कसैले गलत प्रयोजनका लागि प्रयोग गरिरहेको छ , या तपाइले उसलाई दिएको डाटाको उसले गलत प्रयोजन गरिरहेको छ । काम बिना तपाइलाई कसैले पैसा दिदैन त्यसैले यस्ता अनावश्यक कुराहरुको पछि लाग्नु भन्दा आफ्नो सीप बढाएर सामाजिक सञ्जालमा पनि कामहरु गरेर रकम कमाउन सकिने बिधिहरु छन , जुन सीप भए मात्र गर्न सकिन्छ, त्यही सीप लिनको लागि त्यही माध्यमको प्रयोग गर्न को लागि हामिलाई डिजिटल साक्षरता आवश्यक छ ।
यति नै होत डिजिटल साक्षरता?
डिजिटल साक्षरता भन्नाले यतिनै कुरामात्र भने पटक्कै हैन , यो कुराहरु हालको जल्दोबल्दो घटना संग मात्र सम्बन्धित छन ।
0 Comments