Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

म छोरा मान्छे !!!



म छोरा मान्छे !
जन्मिने बितिक्कै थाप्लोमा,
रहर अनी बाध्यताको बोझ बोकेको म छोरा मान्छे !
सानो हुन्जेल, रहर हरु थिए जब ठुलो हुँदै गए,
त्यही रहरहरु बाध्यता बन्दै गए !
रहर हरु अंगाल्ने यि हात हरुले
बाध्यताको बोझ उठाउन साचै कठिन् हुने रहेछ !
तर म त छोरा मान्छे,
आफ्नो जिम्मेवारि उठाउनमा अलिकती चुक्ने बितिकै
सबैले देख्छन तर आफ्ना सपनाको
दाग्बत्ती दिएको कसैले देख्दैनन !
हुन त छोरा मान्छे पो त !
'चाहे दस जनाले किन नगिरावोस ,
तर म जसरी नि सधैं उभिनु पर्छ' 'चाहे मेरो रहर जे होस् तर मैले सबका रहर पुरा गर्नु पर्छ
म छोरा मान्छे पो त !
आमाको स्याहार , बुवाको साथ
अनी दिदी हरु को प्यार बोकेको म छोरा मान्छे,
दिदि बहिनी को बिहेमा कठोर् दिल
लिगी काधमा बोकेर अन्माउने म छोरा मान्छे,
बाउको जिम्मेवारीमा कम्जोर काध थाप्ने म छोरा मान्छे,
आमाको आसु लाई आफ्नो मुस्कान सापटि दिने म छोरा मान्छे,
सानो हुन्जेल ठुलो हुने प्रतीक्षा गर्ने म छोरो मान्छे,
यता हेर्दा बुवाको इज्जत उता हेर्दा आमाका सपना अनी बिच परेका मेरा रहर,
चाहे दिल जती सुकै दुखोस् म रुनु भएन,
चाहे जती जनाले छोडेर जाउन म रुनु भएन,
चाहे म सँग कसैले झुठो प्रेम गरोस् म रुनु भएन,
चाहे कसैले मेरो विश्वाश तोडोस म रुनु भएन,
जन्म जातै मुटु पत्थर बनाउनु पर्ने,
हुन त म त् छोरा मान्छे !
आमा बुवालाई स्वर्गको ढोका खोल्दिनको लागि जन्मिएको म छोरा मान्छे !
समाजको अगाडि बंश धान्ने म छोरा मान्छे !                                                                                                                             मनिष अधिकारी , धनकुटा

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement